नियम ४९
न्यायाधिकरणमा पेश गरिने लिखत सम्बन्धी थप व्यवस्था
(१) न्यायाधिकरणमा
पेश गरिने अभियोगपत्र, निवेदनपत्र वा अन्य कुनै लिखत फुलस्केप साइजको नेपाली
कागजमा बायाँपट्टि दुई इन्च र पहिलो पानामा माथि तीन इन्च, तल एक इन्च र
त्यसपछि अरु पानामा प्रत्येक पानाको तल माथि एक–एक इन्च किनारा छोडी शिष्ट
र संयमपूर्ण भाषामा शब्द छुट्टाई र दुई पंक्तिका बीच पर्याप्त ठाउ“ छाडी एक पृष्टमा
बत्तीस पंतिमा नबढाई पक्की कालो मसीले सफास“ग लेखेको वा टाइप गरेको हुनु
पर्नेछ ।
(२) न्यायाधिकरणमा पेश हुने प्रत्येक लिखतमा लिखत दर्ता गर्न ल्याउनेको
नाम, थर, ठेगाना, उमेर र त्यस्तो लिखतमा विपक्ष बनाइएको प्रत्येक व्यक्तिको नाम,
थर, गाउ“, वडा, टोल, टेलिफोन नम्बर, फ्याक्स, इमेल लगायतका विवरण
स्पष्टरुपमा उल्लेख गरेको हुनु पर्नेछ ।
(३) लिखत दर्ता गर्न ल्याउने व्यक्तिले प्रत्येक पानाको शीर पुछारमा छोटकरी
दस्तखत गरी आखिरी पानामा ल्याप्चे तथा लेखात्मक सहीछाप गरेको हुनु पर्नेछ ।
(४) कुनै कानून व्यवसायीले लिखतको मस्यौदा गरेको भए निजको नाम,
दस्तखत र लिखत दर्ता गर्न ल्याउने व्यक्ति वाहेक अन्यले मस्यौदा गरेको भए यो
लिखत मैले मस्यौदा गरेको हुँ घुस, कीर्ते, जालसाजीमा सजाय पाएको छैन भनी पूरा
नाम, ठेगाना उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।